+
Search

ताजा अपडेट +

पपुलर +

त्रिकोणात्मक सिरिजमा नेपाल नेदरल्याण्डसँग पराजित

4KNationalDaily
२०७८ बैशाख ७, मंगलवार १७:०२ बजे

काठमाडाै- तीन देश सम्मिलित टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डले घरेलु टोली नेपालविरुद्ध तीन विकेटको जित हात पारेको छ। त्रिवि मैदान कीर्तिपुरमा आज भएको खेलमा नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्यान्डले ३ बल बाँकी छँदै भेट्टाएको हो।

शृंखलाको पहिलो खेलमा नेदरल्याण्ड नेपालसँग ९ विकेटले पराजित भएको थियो। नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो। जितसँगै नेदरल्याण्डले आफ्नो टि–ट्वान्टी खेलमा सर्वाधिक ठूलो लक्ष्य भेट्टाएको हो।

नेपाल र नेदरल्याण्ड्स दुवैले फाइनलमा स्थान बनाउन अर्को खेलसम्म कुर्नुपर्ने भएको छ। नेदरल्याण्ड्सका वेन डि लिड ८१ रनमा नटआउट रहे। ४२ बलको सामना गरेका लिडले ७ चौका र ५ छक्का हाने। नेदरल्याण्डका वेन कोपर ५५ रनमा पवेलियन फर्के। कप्तान पिटर सिलारले ३१ रन थपे। टोविस भिसे १५, म्याक्स ओडुड ९, आर्यन दुत शून्य रनमा आउट भए।

नेपालका लेगस्पिनर सन्दीप लामिछानेले ४ विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा ४८ रन खर्चे। कुशल मल्ल, करण केसी र अविनास बोहोराले एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily