गोरखा- कोरोना संक्रमणका कारण गोरखामा एक व्यक्तिको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका–१ मसेलका ७९ वर्षीय वृद्धको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले बताए ।
उनका अनुसार चितवनको मेडिकल कलेजमा उपचारका लागि पुगेका उनको कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारपछि घर ल्याएर होम आइसोलेशनमा राखिएका वृद्धको दुई दिन पछि आइतबार राती मृत्यु भएको उनले बताए ।
स्वासप्रश्वासको समस्या देखिएपछि उपचारका लागि उनलाई चितवन लगिएको थियो । उनको शव आवश्यक स्वास्थ्य र सुरक्षा सावधानीका साथ अन्त्यष्टी गरिएको खनालले जानकारी दिए ।
प्रतिक्रिया