+
Search

ताजा अपडेट +

पपुलर +

दिल्लीले मुम्बईलाई ६ विकेटले हरायो

4KNationalDaily
२०७८ बैशाख ८, बुधबार ०७:५८ बजे

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटलले जित हात पारेको छ। चेन्नईस्थित चिदम्बरम क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले दिएको १३८ को लक्ष्य दिल्लीले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितका लागि शिखर धवनले ४५, स्टिभ स्मिथले ३३ बनाएर आउट हुँदा ललित यादवले २२ र सिमरोन हेटमायर १४ रनमा अविजित रहे ।

मुम्बईका लागि जयन्त यादव, जसप्रित बुमराह, राहुल चरह र कायरण पोलार्डले १–१ विकेट लिए। दिल्लीका लेग स्पिनर अमित मिश्राले मुम्बईको ४ विकेट लिएपछि मुम्बई कम स्कोरमै समेटिएको थियो। मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ४४ रन बनाए ।

इशान किशनले २६, सूर्यकुमार यादवले २४ र ललित यादवले २३ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । जितपछि दिल्ली ४ खेलबाट तीन जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ३ खेलमा सबै जित निकालेको बैंग्लोर शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily