+
Search

ताजा अपडेट +

पपुलर +

हाेसियार काठमाडौँमा मास्क नलगाई हिँड्नुहुन्छ, कारबाहीमा परिएला नि !

4KNationalDaily
२०७८ बैशाख ८, बुधबार १९:३२ बजे

काठमाडाैं- के तपाई काठमाडौंमा हुनुहुन्छ ? याद गर्नुहोस, विना मास्क हिड्नु भयो भने कार्वाहिमा पर्नुहोला नि ? सरकारले काठमाडौं लगायतका अन्य शहरमा विना मास्क बाहिर हिडेमा कडा कार्वाहि गर्ने भएको छ ।

काठमाडौँमा मास्क नलगाई हिँड्नेहरु अब कारबाहीमा पर्ने भएका छन् । मास्क नलगाई हिँड्नेलाई अब प्रहरीले सार्वजनिक स्थानमा उभ्याउने जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जनाएको छ ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने ‘संक्रमणको दर बढिरहेको छ । त्यसैले स्थिति भयावह हुन नदिन कडा गर्ने तयारी गरेका हौं ।’ उनका अनुसार सार्वजनिक यातायतमा मास्क लगाए/नलगाएको अनुगमन गर्न ट्राफिक प्रहरीलाई जिम्‍मेवारी दिने तयारी गरिएको छ । गत बर्ष सरकारले लकडाउन उल्लंघन गर्नेलाई सडकमा होल्ड गर्ने गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily