+
Search

ताजा अपडेट +

पपुलर +

दीपक मनाङेले दिए स्वतन्त्र सांसदका लागि निवेदन, मुख्यमन्त्री गुरुङलाई ‘झट्का’

4KNationalDaily
२०७८ बैशाख १४, मंगलवार ०८:०५ बजे

काठमाडाैं– गण्डकी प्रदेश सभामा मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)ले नेकपा एमालेको साथ छाडेका छन्।

यसअघि एमालेको ‘रो’मा बसेका उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकाे सरकार ढल्ने निश्चित देखेपछि सोमबार स्वतन्त्र सांसदको हैसियत माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएका हुन्।

निर्वाचनमा विजयी भएपछि करिब २ वर्षपछि प्रदेश सभाको सपथ खाए त्यसलगत्तै उनी नेकपा प्रवेश गरेका थिए। मनाङमा उनी एमाले कै समर्थनमा विजयी भएकाले प्रदेश सभामा पनि उक्त पार्टीकाे सांसदकाे भूमिकामा रहेका थिए।

सोमबार पनि प्रदेश सभामा उनी एमाले अर्थात सत्तारुढ दल बस्ने ‘रो’ मै बसेका थिए। साेमबारदेखि सुरु भएकाे विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएको छ। उनी सो प्रस्तावको विपक्षमा उभिने अनुमान गरिएकाे थियो।

तर, संसद सचिवालयमा आफ्नो स्वतन्त्र सांसदको हैसियत माग गर्दै संसदमा छुट्टै बस्ने सिटको माग गरेपछि उनी विपक्षले लाग्ने देखिएको छ। यो निवेदन पछि प्रदेश सभामा उनी नयाँ तगाराे बनेका छन्।

उनले आफू स्वतन्त्र रुपमा विजयी भएसँगै एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि उक्त पार्टीमा लागेको तर, दुवै पार्टी अलग अलग बसेकाले आफूले स्वतन्त्र सांसदको हैसियत मागेको बताए।

‘एमाले एकातिर माओवादी अर्कातिर हुँदा कस्तो कस्तो लाग्दोरहेछ,’ उनले भने, ‘मलाई त एमालेतिर बस्न राम्रो लागेन त्यसैले स्वतन्त्रको निवेदन दिएको हुँ।’

मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने उनले संकेत गरेका छन्। मुख्यमन्त्रीमा कसलाई मत दिने त ? भन्ने प्रश्नमा उनले भने, ‘राष्ट्रिय जनमोर्चा जता भोट हाल्छ उतै दिने सोच बनाएको छु।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily