पाेखरा- गण्डकी प्रदेश सभाको अर्काे बैठक आज (मंगलबार) बस्ने भएको छ। मध्यान्ह १२ः१५ बजे बस्ने बैठकमा सांसदहरुले उठाएको जवाफ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिनेछन्।
उनले जवाफ दिएपछि अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ। कार्यसूची अनुसार मंगलबार पक्ष/विपक्षमा मतदान हुननसके बुधबार मतदान हुने बताइएको छ।
प्रतिपक्ष तीन दलले गुरुङलाई मुख्यमन्त्रीबाट हटाउन अविश्वासको प्रस्ताव वैशाख २ मा दर्ता गराएका थिए। सोमबारदेखि सुरु भएको संसदको विशेष अधिवेशनको पहिलो दिन दलका सांसदहरुले आफ्ना धारणा राखेका छन्।
प्रतिक्रिया