+
Search

ताजा अपडेट +

पपुलर +

नवलपरासीमा माधव नेपालले भने- ओली नक्कली एमालेका अध्यक्ष हुन्

4KNationalDaily
२०७८ बैशाख १५, बुधबार ०८:३३ बजे

नवलपरासी- नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली नक्कली एमालेको अध्यक्ष भएको आरोप लगाएका छन् । उनले सक्कली एमाले आफूहरु मात्र रहेको दावी समेत गरेका छन् ।

आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली नक्कली एमाले भएको आरोप लगाए । ओलीबाट कम्युनिस्ट आन्दोलन समाप्त हुने बताए ।

नेपालले भने- सक्कली एमाले हामी हौं, केपी ओली नक्कली एमालेका अध्यक्ष हुन् । उनले कम्युनिस्ट आन्दोलन ध्वस्त पारर कमिशनखोरी र भ्रष्टाचारीको संरक्षण गरिरहेका छन् । नेपालले अबको बाटो के भन्ने प्रष्ट पारेनन् । तर आफूहरु एमालेको पुनर्गठन अभियानमा रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily