+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्य मन्त्रालयले भन्याे : पिसिआर परीक्षण गर्दा तोकिएभन्दा बढी शुल्क नलिनू

4KNationalDaily
२०७८ बैशाख १५, बुधबार ०८:४७ बजे

काठमाडौँ- कोरोना भाइरसको संक्रमणको पहिचानका लागि गरिने पिसिआर परीक्षणको शुल्क बढी नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले अनुरोध गरेको छ।
मंगलबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै तोकिएको शुल्कभन्दा बढी लिए कारबाही गर्ने चेतावनी दिएको हो।

स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षण गरेबापत सरकारी प्रयोगशालाले एक हजार र निजी प्रयोगशालाले दुई हजार रुपैयाँ शुल्क तोकेको छ। तर निजी प्रयोगशालाले संक्रमण रोकथामको नाममा थप शुल्क लिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो।

त्यसैले, तोकिएको शुल्कमात्रै लिन र त्यसबाहेक थप शुल्क कुनै बहानामा पनि नलिन मन्त्रालयले भनेको छ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily