+
Search

ताजा अपडेट +

पपुलर +

सुनिला गुरुङकाे नेतृत्वमा ‘उत्तरी गोरखा साँस्कृतिक तथा कलाकार समाज’ गठन

4KNationalDaily
२०७८ बैशाख १५, बुधबार ०८:४९ बजे

गोरखा– उत्तरी गोरखा साँस्कृतिक तथा कलाकार समाजको नयाँ कार्यसमिति गठन गरिएको छ । मंगलबार काठमाडौमा भएको भेलाले सुनिला गुरुङको संयोजकत्वमा १९ सदस्यको नयाँ कार्यसमिति गठन गरिएको हो ।

समितिको प्रथम उपाध्यक्ष हरि बहादुर गुरुङ, द्धितीय उपाध्यक्ष आईतराम गुरुङ, तृतीय उपाध्यक्ष हेम बहादुर आले, महिला उपाध्यक्ष देवी आले मगर, महासचिव वीरबल घले, सचिव चित्र बहादुर गुरुङ र बुद्ध गुरुङ, महिला सचिव सुस्मिता गुरुङ, कोषाध्यक्ष जोनिशा गुरुङ र सह–कोषाध्यक्ष राजु गुरुङ चयन भएका छन ।

समितिको सदस्यहरुमा सुशिल गुरुङ, शिरिष गुरुङ, भिममाया गुरुङ, मेनुका गुरुङ, एन्जिला गुरुङ, भिममाया गुरुङ र प्रचार सचिवमा खेमराज तिवारी चयन भएको समाजले जनाएको छ । त्यस्तै, समितिका सल्लाहकारहरुमा धन बहादुर गुरुङ(धार्चे), धन बहादुर गुरङ(चुमनुब्री), बीरबल ढकाल, राम बहादुर गुरुङ‘सुके’, धावा ज्ञान्जेन लामा चयन हुनुभएको छ ।

नयाँ कार्यसमितिमा उत्तरी गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका कलाकारहरु रहेका छन । उत्तरी गोरखाका कलाकारहरु संगठिन भएर अघि बढ्न र नयाँ कलाकारहरुको प्रतिभालाई उर्जागर गर्न नयाँ कार्यसमिति गठन गरिएको समितिका सदस्य सुशील गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily