काठमाडौं– गण्डकी प्रदेशसभाका तीन सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश सभा सांसद राजीव पहारी, प्रभा कोइराला र मनकुमारी गुरुङलाई संक्रमण पुष्टि भएको हाे ।
संक्रमितमध्ये राजीव पहारी र प्रभा कोइराला एमालेका हुन् भने मनकुमारी गुरुङ कांग्रेस सांसद हुन् । कोरोना संक्रमणको जोखिम रहेका भन्दै एमालेले पीसीआर परीक्षणको माग गरी बैठक अबरुद्ध गरेका थिए।
पीसीआर परीक्षणको माग गरिएपछि मंगलबार नै सबै प्रदेशसभा सदस्यको स्वाब संकलन गरिएको थियो। कोरोना पोजिटिभ देखिएका सांसदले सदनमा बोल्न नपाउने तर अविश्वासको प्रस्तावमा मत हाल्न पाउने गरी कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ।
आजको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सामेबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ। सोमबारको बैठकमा मुख्यमन्त्रीविरुद्ध अविश्वसको प्रस्ताव टेबल भएको छ। विशेष अधिवेशनको पहिलो दिन दलका सांसदहरुले आफ्ना धारणा राखेका थिए। गुरुङलाई मुख्यमन्त्रीबाट हटाउन प्रतिपक्ष तीन दलले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
प्रतिक्रिया