+
Search

ताजा अपडेट +

पपुलर +

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल जारी, आजै मतदान

4KNationalDaily
२०७८ बैशाख १५, बुधबार १४:०४ बजे

पोखरा- गण्डकी प्रदेशसभाको बैठक शुरू भएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावउपरको छलफल शुरू भएको छ । छलफल सकिएपछि आजै मतविभाजनमार्फत प्रस्ताव टुंगो लगाउने कार्यसूची छ ।

कोरोना संक्रमित ३ सांसदका लागि छुट्टै ठाउँ निर्धारण गरिएको छ । संक्रमितमध्ये राजीव पहारी र प्रभा कोइराला एमालेका हुन् भने मनकुमारी गुरुङ कांग्रेस सांसद हुन् ।

उनीहरूले संसदमा बोल्न पाउने छैनन् । तर, मतदानमा भने सहभागी हुन पाउनेछन् । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव १३ गते संसदमा पेस भएको थियो ।

आजको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सामेबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ। सोमबारको बैठकमा मुख्यमन्त्रीविरुद्ध अविश्वसको प्रस्ताव टेबल भएको छ। विशेष अधिवेशनको पहिलो दिन दलका सांसदहरुले आफ्ना धारणा राखेका थिए। गुरुङलाई मुख्यमन्त्रीबाट हटाउन प्रतिपक्ष तीन दलले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily