+
Search

ताजा अपडेट +

पपुलर +

राजनीतिक नैतिकतालाई धरापमा पारेर आइसियूमा भेटिएका सांसद शाहीलाई अब जनमोर्चाले के गर्ला?

4KNationalDaily
२०७८ बैशाख १६, बिहीबार ०८:२१ बजे

काठमाडौं- सत्ताका लागि ५० को दशकमा मौलाएको असंसदीय राजनीतिको पुनरावृत्ति हुँदैछ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीमाथि अविश्वास प्रस्तावमा मतदान हुने दिन एक निर्णायक सांसद नाटकीय रूपमा ‘आइसियुमा’ भेटिएका छन् ।

उनको दल राष्ट्रिय जनमोर्चाले यसका लागि सत्तारुढ दललाई आरोपित गरेको छ ।  बुधबार दिउँसो राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अचानक ‘बेपत्ता’ भएपछि गण्डकी प्रदेश सभाको सम्पूर्ण काम प्रभावित भयो । तर, जब प्रदेश सभा स्थगित भयो, कोरोना पजिटिभ भएको भन्दै शाही अस्पतालको ‘आइसियू’मा भेटिए । जबकि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले उनी कोरोना नेगेटिभ भएको रिपार्ट बुधबार बिहान नै दिएको थियो ।

गण्डकीको सत्तासमीकरणमा सांसद शाही कति महत्वपूर्ण थिए भन्ने त्यहाँको अंकगणितको तस्बिरले देखाउँछ, जुन तस्बिर बुझेपछि उनी ‘बेपत्ता’ भए वा बनाइए भन्ने प्रश्नलाई थप पेचिलो बनाइदिएकाे खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

अविश्वास प्रस्तावमाथि बुधबार प्रदेश सभामा मतदान हुँदै थियो, गण्डकी प्रदेश सरकारको भविष्यमाथि जनप्रतिनिधिले फैसला गर्दै थिए । प्रदेश सभामा ६० सदस्यमध्ये कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई गरी ३१ जनाले अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने योजना प्रतिपक्ष दलहरूको थियो । मंगलबार रातिसम्म उनीहरू यसमा विश्वस्त पनि थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily