+
Search

ताजा अपडेट +

पपुलर +

निषेधाज्ञा सुरु हुनुअघि राजधानी छाड्न खोज्नेको ‘कन्तबिजोग’

4KNationalDaily
२०७८ बैशाख १६, बिहीबार ०८:३३ बजे

काठमाडौं- बुधबार राति घडीमा ११: ५१ बजिसकेको छ । काठमाडौं उपत्यका छाडेर नागढुंगा नाका हुँदै गाउँ फर्किनेको कंलकीमा मेला लागेको छ ।

ठेलमठेल भिडमा उदयपुरकी कविता आलेमगर २१ महिने नानी काखमा च्यापेर सडकछेउमा बसिरहेकी थिइन्, छेउमा ग्यास सिलिन्डरदेखि खाटसम्मका सामान पनि थिए । उनले बेलुका ८ बजेको गाडीको टिकट काटेकी थिइन् । तर, गोंगबुस्थित बसपार्कबाट हिँडेको गाडी मध्यरातसम्म कलंकी आइपुगेको छैन।

‘टिकट त लिइसकेको छु, तर अहिलेसम्म गाडी आएको छैन । कतिवेला आउँछ भन्ने पनि टुंगो छैन, साह्रै दुःख पाइयो,’ कविताले भनिन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले लेखेका छन्।

उपत्यकामा निषेधाज्ञा घोषणा भएसँगै उनलाई काठमाडौंमै बसे अघिल्लो लकडाउनमा जस्तै दुःख पाइने डरले सताउन थाल्यो । त्यसैले कोठाका सबै सामानसहित घर फर्किन लागेको उनले बताइन् । बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा लागू गर्ने घोषणा सरकारले तीन दिनअघि नै गरिसकेको छ ।

काठमाडौंको गोंगबु बसपार्क, कलंकी, जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा अत्यधिक भिड छ । लामो दूरीका यात्रु नागढुंगामा दिनभरजसो जाममा परेका छन् । उपत्यकाबाहिरबाट खाली गाडी आउने र भरिएका गाडी बाहिर जाने क्रम बढेपछि त्यस क्षेत्रको आवागमन नै अस्तव्यस्त बनेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily