काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीवार सम्पन्न पहिलो खेलमा राजस्थान रोयल्स पराजित भएको छ। राजस्थानलाई मुम्बई इण्डियन्सले ७ विकेटले पराजित गरेको हो।
दिल्लीको अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले बलिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा १७१ रन बनाएको थियो
राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले सर्वाधिक ४२ रन बनाए भने जस बटलरले ४१ रनको योगदान दिएका थिए। मुम्बईका राहुल चहरले दुई तथा जसप्रित बुम्राह तथा ट्रेन बोल्टले एकरएक विकेट लिए।
१७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले १८.३ ओभरमा ३ विकेट गुमाउँदै विजय प्राप्त गर्यो। मुम्बईका लागि विकेटकिपर क्विन्टन डे ककले अविजित ७० रन बनाए। राजस्थानका क्रिस मोरिसले दुई तथा मुस्ताफिक रहमानले एक विकेट लिए।
यस जितसँगै मुम्बई ६ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ भनेसमान ६ खेल खेलेको राजस्थान ४ अंकका साथ सातौं स्थानमा छ।
प्रतिक्रिया