+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाकाे क्यामुन्टारका एकै गाउँका ३३ सहित ४३ जनामा कोरोना पुष्टि

4KNationalDaily
२०७८ बैशाख १८, शनिबार ०९:०७ बजे

गोरखा- भीमसेन थापा गाउँपालिका–७  क्यामुन्टारका ३३ सहित जिल्लाका ४३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ  । शुक्रबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

केही दिनअघि २९ जनामा संक्रमण पुष्टि भएपछि सो गाउँबाट १ सय ७३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएको थियो । उनीहरुमध्य ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

अन्य संक्रमित गोरखा नगरपालिकाका र आरुघाट गाउँपालिकाका रहेका छन् । गोरखा नगरपालिका–८ का ९ जना र आरुघाट गाउँपालिका–७ का एक जनामा संक्रमण देखिएको हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily