+
Search

ताजा अपडेट +

पपुलर +

‘हट स्पट’ क्यामुन्टार : निषेधाज्ञा जारी गर्दै प्रशासनले भन्याे- उल्लंघन गरे कडा कारवाही गर्छौं

4KNationalDaily
२०७८ बैशाख १८, शनिबार १९:५६ बजे

गोरखा- जिल्ला प्रशासन कार्यालय गोरखाले भिमसेन थापा गाउँपालिका वडा न ७ र ८ को क्यामुन्टार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

शनिबार बसेको जिल्ला स्तरी कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार यी क्षेत्रमा बैशाख २४ गतेसम्मका लागि प्रसासनले एक हप्ताका लागि निषेधाज्ञा जारी गरेकाे हाे ।

संक्रमण बढ्दै जादा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अबस्थालाई मध्यनजर गरि डिसिसिएमसीको बैठकले गरेको सिफारिसका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रसासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकारी प्रयोग गरि निषेधाज्ञा जारी गरिएको प्रसासनले जनाएको छ ।

निधेषाज्ञा अबधीभर सार्वजनिक यातायात, निजी सवारी साधन सञ्चालन गर्न पाउने छैनन् । त्यस्तै दुुवै वडा भित्र रहेका सरकारी कार्यालय, बित्तिय संस्थाको अत्याबश्यक बाहेका सवै सेवा बन्द गर्ने गर्न पनि निर्देशन दिइएको छ ।

निषेधाज्ञा अबधीभर स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रुपमा कार्यान्वयन गर्ने गरि खाद्यान्य, फलफुल, तरकारी पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । निषेधाज्ञाको उल्लंघन जो कोहीलाई कानुन बमोजिम कारवाही गरिने प्रशासनले जारी गरकाे विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार थप ३३ सहित  ६२ जना सक्रिय काेराेना विरामी छन् । २९ जनामा संक्रमण पुष्टि भएपछि सो गाउँबाट १ सय ७३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि प्रादेशिक प्रयाेगशाला पोखरा पठाइएको थियो । उनीहरुमध्य शुक्रबार ३३ जनामा संक्रमण पुष्टि भएको थियाे ।याेसंगै देशभर २९ जिल्लामा निषेधाज्ञा जारी भएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily