काठमाडौं- गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त भएका छन्।
मन्त्रिपरिषदले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मीला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो।
नयाँ प्रदेश प्रमुखमा सीता पौडेल र गंगाप्रसाद यादवलाई नियुक्तिको सिफारिस पनि मन्त्रिपरिषदले गरेको एक मन्त्रीले जानकारी दिए।
सोमबार नै बसेको मन्त्रिपरिषद् बैठकले सरकारले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त (त्रिपाठी) हटाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो। यी दुवै जना माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका थिए।
२०७६ कात्तिकमा सरकारले सातै वटा प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको थियो। त्यतिबेला प्रदेश २, गण्डकी र सुदूरपश्चिममा माओवादी केन्द्र निकटकालाई नियुक्त गरिएको थियो।
तर, नेकपा विभाजन भएसँगै प्रदेश-२ का प्रदेश प्रमुख तिलक परियारलाई भने पदमुक्त गरी राजेश झालाई जिम्मेवारी दिइएको थियो। पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन।
त्यस्तै यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए । उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए। यादव समानुपातिक सूचीमा रहेका भए पनि सांसद भने भएका थिएनन् ।
प्रतिक्रिया