+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा र पालुङटार नगरपालिकामा मंगलबार राती देखि निषेधाज्ञा, अत्याबश्यक बाहेकका सेवा बन्द

4KNationalDaily
२०७८ बैशाख २०, सोमबार १९:०८ बजे

गोरखा- गोरखा र पालुङटार नगरपालिकामा मंगलबार राती देखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्रको आज (सोमबार) बसेको वैठकले वैशाख २१ गते राती १२ बजे देखि वैशाख ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा गराउने निर्णय गरेको हो ।

गोरखा नगरपालिका र पालुङटार नगरपालिकाका क्षेत्रभित्र हुन सक्ने संक्रमणको तिव्र फैलावट रोकथाम तथा नियन्त्रणको लागि तत्काल उच्च सतर्कता अपनाई संक्रमण रोकथाम, नियन्त्रण कायहरु प्रभावकारी रुपमा संचालन गर्न निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा स्वास्थ्य, सुरक्षा, खानेपानी, विद्युत, सञ्चार, औषधि तथा औषधीजन्य उत्पादन तथा विक्रिवितरण लगायतका अत्याबश्यक सेवा बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रवाह हुने सेवा बन्द हुने वैठकले निर्णय गरेको छ ।

त्यस्तै, उद्योग, सार्वजनिक निर्माण कार्यमा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर तथा निर्माण स्थल नजिकै खाना र बासको ब्यबस्था गरि स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्ण अपनाई उद्योग तथा निर्माण कार्य सञ्चालन गर्न दिने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily