+
Search

ताजा अपडेट +

पपुलर +

एलिना चौहानको स्वरमा ‘हावामा फैलियो मधुरो गीत’को भिडियो सार्वजनिक

4KNationalDaily
२०७८ बैशाख २५, शनिबार १५:५९ बजे

काठमाडाैं- गायिका एलिना चौहानको स्वरमा ‘हावामा फैलियो मधुरो गीत’को भिडियो सार्वजनिक भएको छ। गीतकार प्रगति देवकोटाको शब्द भएको यो गीतमा संजीव सिंहले संगीत दिएका छन्।

अस्ट्रेलिया बसेर गीत लेखनमा सक्रिय प्रगति विषयवस्तुमा बाँधिएर गीत लेख्छिन्। उनले यो नयाँ गीतमा मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरलाई विषय बनाएकी छिन्।

कवि सुवेदी र पूजन सापकोटाद्वारा निर्देशित भिडियोमा यही भावलाई उतारिएको छ। गीतकार प्रगति आफैं देखिने यस गीतको भिडियो परिकल्पना उनकै हो।

गीतकार प्रगतिका यसअघि ‘गाडी गुड्छ नेपाली’ र ‘लिसन टु मी’ गीत सार्वजनिक छन्। इन्डोनेसियन आमा र नेपाली बुवाकी छोरी आइशा डोटेलले गाएको गीत ‘गाडी गुड्छ नेपाली’ गत वर्ष धेरैले मन पराएका थिए।

गीतकार प्रगतिकाे संजीव सिंहकै शब्दमा यसअघि ‘रमाइला ति दिन’ गीत पनि सार्वजनिक छ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily