+
Search

ताजा अपडेट +

पपुलर +

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

4KNationalDaily
२०७८ बैशाख २५, शनिबार १९:४१ बजे

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ।

मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार नियमित रुपमा बस्ने गरेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका थिए।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख ७ गते (सोमबार) प्रतिनिधि सभाको अधिवेशन आह्वान गरिएको सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका बुझिएको छ।

प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषदको बैठक समेत बोलाएका छन्। विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गर्न ओलीले परिषदको बैठक बोलाएका बुझिएको छ।

आइतबारका लागि बोलाइएको परिषद्को बैठकमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले भने उपस्थित नहुने जनाइ सकेका छन्।

यसअघि २ दिन अगाडि (बिहीबार) मात्रै मन्त्रिपरिषदको नियमित बैठक बसेको थियो। बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणले स्थिति भयावह हुने देखिएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily