+
Search

ताजा अपडेट +

पपुलर +

संसद बैठकअघि प्रचण्ड र देउवाबीच छलफल : प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने माओवादी केन्द्रको तयारी

4KNationalDaily
२०७८ बैशाख २७, सोमबार १३:०१ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

मत नदिनाका साथै माओवादीले आजदेखि शुरू हुने विशेष अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्‍याउने निर्णय समेत गरेको हो । साथै केन्द्रले प्रधानमन्त्रीको प्रस्तुतिलाई हेरेर अविश्वासको प्रस्ताव दर्ता गर्नेसम्मको रणनीति तयार पारेको छ ।

नयाँ सरकार बनाउन कांग्रेस प्रतिवद्ध रहेको दाबीसहित माओवादी केन्द्रले आज प्रधानमन्त्रीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।

यसैबीच प्रतिनिधिसभाको विशेष अधिवेशन शुरू हुनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिंहदरबारमा छलफल भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा आजको संसद बैठक र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ । बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड र माओवादी नेता वर्षमान पुनसमेत सहभागी थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily