+
Search

ताजा अपडेट +

पपुलर +

आजै रातिदेखि संसद अधिवेशन अन्त्य, प्रधानमन्त्री ओली शीतलनिवासमा

4KNationalDaily
२०७८ बैशाख २७, सोमबार २०:३३ बजे

फाइल तस्बिर


काठमाडौं- सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।आजै राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदले सिफारिस गरेको हो ।

मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गते अर्को बैठक बोलाएका थिए ।

सभामुखले अर्को बैठकको मिति तोकिसकेका अवस्थामा काम चलाऊ सरकारका प्रधानमन्त्रीले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily