+
Search

ताजा अपडेट +

पपुलर +

देउवालाई प्रधानमन्त्री बनाउन नमान्ने बाबुराम भट्टराईको संकेत, पूर्वप्रमबाहेकको सबै मिलेर सरकार बनाउ

4KNationalDaily
२०७८ बैशाख २९, बुधबार ०९:२४ बजे

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नयाँ व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले यसअघि प्रधानमन्त्री भइसकेका बाहेकको नेतृत्वमा १ वर्षभित्र चुनाव गर्ने गरी सहमतिको सरकार बनाउनुपर्ने धारणा राखेका हुन्।

वर्तमान संकट हल गर्नका लागि संयुक्त सरकार एकमात्र विकल्प भएको उनको भनाइ छ। महामारीसँग जुध्नका लागि सबै दलका शीर्ष नेता तथा पूर्व प्रधानजमन्त्री सम्मिलित निर्देशक समिति बनाउन समेत उनले आग्रह गरेका छन्।

वर्तमा संकट टार्न उनले चार विकल्पसमेत प्रस्तुत गरेका छन्।

१. धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं

२. दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति

३. साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, टीआरसी/मुद्दा, संविधान संशोधन, आर्थिक राहत

४. १ वर्षभित्र चुनाव !

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily