काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबालाई अपवित्र गठवन्धन बनाएर, पार्टी फुटाएर, सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कारमा नलाग्न सुझाव दिएका छन् ।
मंगलवार साँझ एक ट्वीट गर्दै उनले भनेका यस्तो अभ्यासले काँग्रेसको भलो नगर्ने र प्रजातन्त्र विकृत हुने बताएका हुन् । उनले भनेका छन्, ‘निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६महिना भित्र नयाँ चुनावमा गरौं । विगतका त्रुटि कमजोरी हटाऔँ । चुनाव मात्र विद्यमान संकटको समाधान हो ।’
अपवित्र गठवन्धन बनाएर,पार्टी फुटाएर,सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार/अभ्यासले कंग्रेसको भलो गर्दैन,प्रजातन्त्र विकृत हुन्छ @PresidentNC
निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६महिना भित्र नयॅा चुनावमा गरौं।विगतका त्रुटि कमजोरी हटाऔॅ।चुनाव मात्र विद्यमान संकटको समाधान हो— Kamal Thapa (@KTnepal) May 11, 2021
प्रतिक्रिया