+
Search

ताजा अपडेट +

पपुलर +

बिक्री हुने सांसदलाई कारबाही गर्छौंः चित्रबहादुर केसी

4KNationalDaily
२०७८ बैशाख २९, बुधबार १०:४१ बजे

काठमाडौं- राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गण्डकीमा पार्टीको ह्वीप नमान्ने सांसदलाई कारबाही हुने बताएका छन्। पार्टीको निर्णय नमान्ने जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई कारबाही हुने अध्यक्ष केसीले बताएका हुन्।

उनले ले पार्टीको ह्वीप नमान्नेलाई प्रक्रियाअनुसार कारबाही हुने बताए। ‘पार्टीले सांसद बनाउँछ, पार्टीले नेता बनाउँछ पार्टीले सबै बनाउँछ। अब त्यसपछि बिक्री हुने, इमान बेच्ने, नीति बेच्ने, चरित्र बेच्नेलाई कारबाही हुन्छ। पार्टीको विधानअनुसार कारबाही प्रक्रिया अघि बढ्छ,’ उनले भने।

पार्टीको निर्णय विपरीत सांसद थापाले नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेका थिए। उनको निर्णयसँगै विपक्षी गठबन्धनको सरकार नबन्ने देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily