+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुन: नियुक्त

4KNationalDaily
२०७८ बैशाख २९, बुधबार १९:२० बजे

पाेखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन्। विपक्षी दलको दाबी नपुगेको भन्दै गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले गुरूङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। गुरूङ अहिले कोरोना संक्रमित छन्। स्वास्थ्यका मापदण्ड अपनाएर उनले सपथ लिएका छन्।

प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि दिएको ७२ घण्टे समयभित्र विपक्षी गठबन्धले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन् । गुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily