+
Search

ताजा अपडेट +

पपुलर +

शीतल निवास पुगेर ठाकुरले भने- म पहिलो अध्यक्ष हुँ, मेरै हस्ताक्षर आधिकारिक हो

4KNationalDaily
२०७८ बैशाख २९, बुधबार १९:२३ बजे

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। भेटका लागि उनीहरु दिउँसो शीतलनिवास पुगेका थिए।

राष्ट्रपतिसँगको भेटमा ठाकुरले आफू पार्टीको पहिलो अध्यक्ष भएको अवगत गराएको भेटबारे जानकार जसपाका एक नेताले बताए। ‘पार्टीको पहिलो अध्यक्ष म नै हुँ। पार्टीको कुनै पनि निर्णयमा हुने मेरो हस्ताक्षर मात्रै आधिकार हो’, ठाकुरले राष्ट्रपतिलाई भनेका थिए।

ठाकुरले राष्ट्रपतिलाई पार्टीको धारणा भन्दै सत्ता खेलकुदमा आफूहरु कुनै पक्षमा नरहेको र त्यो धारणालाई आधिकारिक मान्न भन्दै पत्र समेत दिएको ती नेताको दाबी छ।

जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीलाई सत्ताबाट बाहिर पुर्‍याएर वैकल्पिक सरकार गठनको पक्षमा छन्। त्यसका लागि उनीहरुले कसरत गर्दै आएका छन्। तर, ठाकुर र महतो भने ओली सरकारकै निरन्तरताको पक्षमा छन्। उनीहरुले वैकल्पिक सरकार गठन हुन नदिने पक्षमा पहल गर्दै आएका छन्।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा बिहीबार सकिँदैछ। तर, प्रधानमन्त्री बन्न पहल गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत पुर्‍याउने आधार भने पत्ता लगाउन सकेका छैनन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily