+
Search

ताजा अपडेट +

पपुलर +

गोकुल बाँस्कोटाको प्रश्न : देउवा कसरी प्रधानमन्त्री बन्छन्? कोही छ, बताइदिने?

4KNationalDaily
२०७८ बैशाख ३०, बिहीबार ०७:३० बजे

काठमाडौं- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले विपक्षी गठबन्धनले कसरी सरकार बनाउँछ भनेर प्रश्न गरेका छन्।

जनता समाजवादी पार्टीका सबै सांसद एकमत नहुँदासम्म विपक्षीले सरकार बनाउन नसक्ने जिकिर गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न कसरी सम्भव छ भनेर प्रश्न उठाएका हुन्।

प्रधानमन्त्रीले विश्वासको मत लिँदा पनि ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गरी आफूहरू नयाँ सरकार गठनमा सहभागी नहुने बताइसकेका छन्।

यसैकारण कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र बाँस्कोटाले व्यंग्य गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘विपक्षी गठबन्धनमा चैं १३८ छ र? कसरी देउवाको सरकार बन्छ? कांग्रेस, माओवादी र जसपा पूरै मिले मात्र त हो नि नत्र कसरी? बताइदिने कोही छ?’

हुन पनि हो, गत सोमबार संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा उनले ९३ मत मात्र आएको थियो भने विपक्षीतर्फ पनि १२४ मत मात्र पुगेको थियो। हाल संसद कायम सदस्य संख्याअनुसार बहुमत पुग्न १३६ सांसदको मत चाहिन्छ। त्यसका लागि पूर्वमन्त्री बाँस्कोटाले भनेजस्तै जसपाका सबै सांसदले साथ दिनुपर्छ।

तर त्यस दिन संसद बैठकमै उपस्थित नभएका एमालेकै माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने र त्यसपछि संसदको कूल सदस्य संख्या घटेर त्यसअनुपातमा विपक्षीलाई बहुमत पुग्ने चर्चा चलिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily