+
Search

ताजा अपडेट +

पपुलर +

विधानविपरीत कार्य गर्ने महन्त राजेन्द्रलाई कारबाही हुन्छः उपेन्द्र यादब

4KNationalDaily
२०७८ जेष्ठ १, शनिबार १८:४५ बजे

काठमाडौँ- जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि राजेन्द्र महतोलाई संसदीय दलको नेता विधान विपरित बनाइएको बताए ।

उनले भने, ‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, र त्यो विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन ।’

सांसद यादवले महन्थ–राजेन्द्र पक्षले आफुहरुलाई विधानभन्दा माथि बुझ्ने गरेको पनि बताए । संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरि प्रचार गरिएको भन्दै उनले विधान विपरित गर्नेलाई कारबाही गरिने पनि बताए ।

उनले भने, ‘विधान भन्दा तलमाथि जो गर्छ, त्यसलाई कारबाही हुन्छ । कारबाही हुन बित्तिकै बस्न इच्छा लाग्छ कारबाही स्वीकारेर बस्छ । बस्न इच्छा लागेन भने बाहिर जान्छ ।’

जसपा भित्र बाबुराम भट्टराई –उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच तिव्र मतान्तर भएको छ । दुवै पक्षले कार्यकारिणी तथा संसदीय दलको बैठक छुट्टाछुट्टै गर्न थालेका छन् भने पार्टी विभाजनको संघारमा पुगिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily