+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय सभा उप निर्वाचनमा बादललाई भोट हाल्न तीन सांसदलाई हेलिकोप्टर चार्टर !

4KNationalDaily
२०७८ जेष्ठ ६, बिहीबार १३:०८ बजे

काठमाडौं- आज राष्ट्रिय सभा सदस्यको उप निर्वाचन हुँदैछ । वागमति प्रदेशको मुख्यालय हेटौंडामा हुने निर्वाचनमा नेकपा एमालेका नेता तथा गृहमन्त्री राम बहादुर थापा बादल र नेकपा एमालेकै माधव कुमार नेपाल समुहका तर्फबाट संघीयता विज्ञ डा खिमलाल देवकोटाबीच तिब्र प्रतिष्पर्धा हुँदैछ । निर्वाचन अनुगमनका लागि भन्दै गृहमन्त्री बादल हेटौंडा पुगिसकेका छन् ।

उनै बादललाई जिताउन केही सांसदलाई भने हेलिकोप्टर चार्टर गरिएको पाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रिता रायमाझी र नेकपा एमालेकी सांसद बेलिमाया घलेसहितका सांसदलाई हेलिकोप्टर चार्टर गरिएको खुलाशा भएको हो । उनीहरुलाई केहीबेरमा काठमाडौंबाट हेलिकोप्टरले हेटौंडा पुर्याउने व्यवस्था मिलाइएको स्रोतले जनाएको छ ।

राप्रपाकी सांसद रिता रायमाझीलाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा आफुसहित ३ जना सांसद चावहिलबाट हेलिकोप्टरमा जान लागेको बताइन् । तर, मिडियाबाट भन्ने थाहा पाउने वित्तिकै उनले कुरा फेरिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily