+
Search

ताजा अपडेट +

पपुलर +

रामकुमारी झाँक्री भन्छिन्- अहंकार उस्तै छ, अन्यायविरुद्ध विद्रोह निश्चित छ

4KNationalDaily
२०७८ जेष्ठ ६, बिहीबार २०:५७ बजे

काठमाडौं- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अहंकार अझै गइनसकेको बताएकी छन्।

बागमती प्रदेशबाट राष्ट्रियसभामा एमाले उम्मेदवार रामबहादुर थाप बादललाई स्वतन्त्र उम्मेदवार डा। खिमलाल देवकोटाले हराएपछि झाँक्रीले यस्तो बताएका हुन्।

व्यक्तिगत रूपमै ओलीकी कट्टर विरोधी उनी माधव नेपाल समूहमा छिन्। नेता नेपालले माओवादी र कांग्रेसको साथ लिएर कलम चिन्हबाट उठाइएका देवकोटाले एमालेका बादललाई पराजित गर्दै राष्ट्रियसभा सदस्य भएका छन्।

उनले आफूहरु सांसद पदबाटै राजीनामा दिन तयार रहेको पनि बताएकी छन्। संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने? यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो, उनले भनेकी छन्, तर अहिले पार्टी भित्रै एउटा स्पेसका लागि संघर्षरत अवस्थामा छौं।

पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव आएको छैन। अहंकार उस्तै छ, अन्यायविरुद्ध विद्रोह निश्चित छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily