+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि षडयन्त्र गरे : बाबुराम भट्टराई

4KNationalDaily
२०७८ जेष्ठ ७, शुक्रबार ०९:१७ बजे

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि षडयन्त्र र आक्रमण गरेको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार भोलीसम्म गठन गर्न आह्वान गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले हुनसेन स्टाइलमा चुनावको अध्यारो सुरूङगमा देशलाई धकेल्न प्रयास गरेको आरोप लगाएका छन्।अध्यारोतर्फ धकेल्नेहरूलाई दण्डित र परास्त गर्न उनले भनेका छन्।

अहिले सबैले दलीय र निजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ संविधानको धारा ७६ (५) बाटै निकास दिनसमेत आग्रह गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily