काठमाडौं- नेकपा एमालेका नेता झलनाथ खनालले केपी ओलीले आफूहरुलाई गरेको कारबाहीको कुनै अर्थ नरहेको बताएका छन्।
आज बसेको स्थायी कमिटि बैठकले खनालसहित माधवकुमार नेपाल लगायतका ११ जनालाई एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेपछि प्रतिक्रिया दिँदै ओलीलाई कम्युनिष्ट आन्दोलनकै गद्दार भएको आरोप लगाए।
‘केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनको गद्दार हो, कारबाहीको ओचित्य छैन,’ उनले भने। एमालेको यसअघि बसेको स्थायी कमिटिको बैठकले खनाल–नेपाल सहितका ११ जनालाई स्पष्टीकरण सोधेको थियो। तर, उनीहरु कसैले पनि स्पष्टीकरण बुझाएका थिएनन्।
प्रतिक्रिया