+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो अंकगणित गरेर अतिनिर्लज्ज काम गरेः वरिष्ठ अधिवक्ता थापा

4KNationalDaily
२०७८ जेष्ठ १३, बिहीबार १५:२१ बजे

फाइल तस्बिर


काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अंकगणित गरेर संसद विघटनजस्तो अतिनिर्लज्ज काम गरेको बताएका छन्।

यसअघि सर्वाेच्चले दिएको प्रक्रिया सुरु नै नभई संसद् विघटन गरिएको उनको आरोप छ। सभामुख अग्नि सापकोटाले बिहीबार गरेको छलफलका क्रममा भर्चुअल माध्यमबाट सहभागी हुँदै उनले उक्त टिप्पणी गरेका हुन्।

‘प्रधानमन्त्री र राष्ट्रपति बसेर उहाँहरुको अंकगणित गरेर उहाँहरुले गरेको काम अति निर्लज्ज छ’, थापाले भने, ‘संविधानसभाले बनाएको संविधान हो। संविधानसभाको संविधान मार्न शासकहरुले सक्तैनन्। यसलाई संशोधन गर्नुप¥यो भने संसदमै जानुपर्छ। प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था छैन।’

यसको फैसला गर्न न्यायपालिका रहेको उनले बताए। ‘सम्पूर्ण न्यायपालिका छ, २० जना न्यायाधीश हुनुहुन्छ’, थापाले थपे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily