+
Search

ताजा अपडेट +

पपुलर +

राजेन्द्र महतो गृहमन्त्री बन्दै, जसपालाई ७ मन्त्रालय दिने ओलीले गरे पक्का

4KNationalDaily
२०७८ जेष्ठ १३, बिहीबार १८:३६ बजे

काठमाडौं- जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह सरकारमा जाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा कम्तिमा ७ मन्त्रालयसहित सरकारमा जाने निश्चितप्रायः भएको हो ।

जसपाले चुनावी सरकारमा जान उपप्रधान तथा गृहमन्त्रालयसहित १० वटा मन्त्रालयको माग राखेको छ । त्यसबारे अझै छलफल चलिरहेको ठाकुरनिकट एक नेताले बताए ।

मन्त्रालयको बाँडफाँडको कुरा मिलेपछि आगामी हप्तामै जसपा सरकारमा जाने तयारी भएको छ । १५ जेठको बजेटपछि जसपाको सरकारमा सहभागिता हुने गरी तयारी भएको हो ।

जसपाबाट राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना रहेको छ । उनलाई उपप्रधान सहित गृहमन्त्री बनाएर लानेमा प्रधामन्त्री ओली पनि सकारात्मक रहेको बुझिएको छ ।

मन्त्री बन्ने सूचीमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, सर्वेन्द्रनाथ शुक्ला, उमाशंकर अगरिया रहेका छन् । ठाकुर समूहमा रहेर प्रधानमन्त्री ओलीलाई सत्ता संघर्षको निर्णायक घडीमा साथ दिनेहरुलाई मात्र मन्त्री बनाउने निश्चितप्रायः छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily