+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिगामीविरुद्ध राष्ट्रिय एकता आवश्यक : प्रचण्ड

4KNationalDaily
२०७८ जेष्ठ १५, शनिबार १२:११ बजे

काठमाडौं- नेपाली जनताको ठूला त्याग र बलिदनबाट स्थापना भएको गणतन्त्रविरुद्ध प्रतिगाती तत्त्वबाट निरन्तर प्रहार भइरहेकाले यसविरुद्ध लोकतन्त्रवादीलाई एकजुट हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेका छन्।

गणतन्त्र दिवसका उपलक्ष्यमा शनिबार बिहान शुभकामना सन्देश जारी गरीपूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले गणतन्त्रका विरोधीबाट यसका मूल्य–मान्यताविरुद्ध निरन्तर प्रहार भइरहेको उल्लेख गरेका हुन्।

‘प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन । पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ,’ प्रचण्डले भनेका छन्, ‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्त्वविरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरूबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily