काठमाडाैं- जनता समाजावदी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अर्थमन्त्रीमार्फत् वाचन गरिएको बजेट र नहुने चुनावको एमालेकाे घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक नपाइएकाे तर्क गरेका छन्।
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेसँगै उनले सामाजिक सञ्जालमार्फत् याे सिधासाधा मतदातालाई ललिपप बाँडेकोजस्तै देखिएकाे बताए।
‘पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन। उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो। एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!,’ उनले लेखेका छन्।
अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन।सिधासादा मतदातालाई ललीपप बाॅडेको देखियो। पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन।उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो।एउटै नयाॅ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!
— Baburam Bhattarai (@brb1954) May 29, 2021
प्रतिक्रिया