+
Search

ताजा अपडेट +

पपुलर +

१४ राजनीतिक संगठनले भने : केपी ओली इन्डो-अमेरिकी गठबन्धनको गोटी

4KNationalDaily
२०७८ जेष्ठ १६, आईतवार ११:५९ बजे

काठमाडौं– विभिन्न १४ वटा राजनीतिक पार्टी र संगठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले इन्डो-अमेरिकी गठबन्धनको गोटीका रूपमा काम गरिरहेको आरोप लगाएका छन्।

यही जेठ १४ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्दै ती संगठनहरूले ओली एमसीसी पारित गरी नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेको समेत टिप्पणी गरेका छन्।

सरकारले हालै ल्याएको नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको सरकारलाई जोगाउने र विदेशीको योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको भन्दै उनीहरूले त्यसलाई फिर्ता लिन हामी माग गरेका छन्।

यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग ओली सरकारले गरेको ३ बुँदे सम्झौताअनुसार उक्त पार्टीका सबै बन्दी नेता/कार्यकर्ताहरूलाई छाडिसक्नुपर्नेमा अहिलेसम्म पनि नछाडेको भन्दै ध्यानाकर्षण गराएका छन्। नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायत सम्पूर्ण बन्दीलाई अविलम्ब रिहाइ गर्रन उनीहरूकाे माग छ।

‘नेपाल देखिएकाे गम्भीर संकट समाधानका लागि यो सरकारलाई विस्थापित गर्नु त आवश्यक छ नै तर त्यतिले मात्र पुग्दैन। यसका निमित्त विद्यमान व्यवस्थामै अग्रगामी परिवर्तन ल्याउनु आवश्यक छ’, विज्ञप्तिमा भनिएकाे छ।

काेराेना महामारीको निःशुल्क उपचारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न उनीहरूले माग गरका छन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily