गाेरखा- बारपाकमा एकसय ३० जना कोरोना संक्रमित थपिएका छन् ।
शुक्रबार, शनिबार र आइतबार संकलन गरिएको स्वावको परीक्षण गर्दा एकसय ३० जनामा कोरोना पोजेटिभ देखिएको हाे । संक्रमितमध्ये ७१ जना महिला र ५९ जना पुरुष रहेका छन् ।
गण्डकी प्रदेशका मन्त्री, सांसद, स्वास्थ्य निर्देशकसहित गएको स्वास्थ्य टोलीले तीनसय ४२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखरामा पठाएको थियो ।
सो तीनदिने शिविरमा ८ सय ३६ जनाको एण्टिजेन परीक्षण गरिएकामा ८३ जनाको मात्र पोजेटिभ देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
१२२८ जनाको कोरोना परीक्षण गरेर स्वास्थ्य टोली फर्कियो
गाउँभरि बिरामी र मृत्यू हुनेको संख्या दिनहूँ बढेपछि स्वास्थ्य परीक्षण र उपचार गर्न बारपाक पुगेको स्वास्थ्य टोली फर्किएको छ । प्रदेशको, जिल्लाको र पालिकाको स्वास्थ्यटोली तीनदिनसम्म पिसिआर तथा एण्टिजेनमार्फत कोरोना परीक्षण गरी आइतबार फर्किएको हो ।
तीनदिने शिविरमा १२ सय २८ जनाको कोरोना परीक्षण गरिएकाे छ । त्यस्तै ३ सय ९२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको उनले बताए ।
यसैबीच नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको स्वास्थ्य टोलीले आइतबार सौरपानी र पाँचखुवा देउरालीमा एण्टिजेन प्रविधिमार्फत कोरोना परीक्षण गरेको छ ।
सौरपानीमा ६५ जनामा गरिएको परीक्षणमा गरिएकोमा २० जनामा पोजेटिभ देखिएको भट्टले बताए । त्यस्तै पाँचखुवा देउरालीमा ५३ जनामा गरिएको परीक्षणमा २५ जनामा पोजेटिभ रिपोर्ट आएको छ ।
प्रतिक्रिया