+
Search

ताजा अपडेट +

पपुलर +

पार्टी एकताका लागि प्रयत्न जारी राख्ने ‘बालुवाटार’को निर्णय

4KNationalDaily
२०७८ जेष्ठ १८, मंगलवार १६:५२ बजे

काठमाडाैं- नेकपा एमालेले पार्टीलाई एकताबद्ध राख्न अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेतृत्वका तर्फबाट पार्टी एकता निम्ति अन्तिम समयसम्म पनि छलफल जारी राख्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

माधव नेपाल समूहले आफ्ना पार्टीका नेतालाई सरकारबाट हटाउन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागि पर्नु दुःखद् भएको उनले बताएका छन् ।

आजको बैठकमा बजेटबारे पनि छलफल गरिएको छ । बजेटले कोरोना केन्द्रीत र कोरोनापछिका रणनीतिबारे स्पष्ट पारेकाले बजेट उत्कृष्ट रहेको निष्कर्ष निकालेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily