गोरखा- गत शनिवार बारपाकबाट हेलिकोप्टर मार्फत उद्धार गरी उपचारका लागि काठमाडाैं लगिएकी युवतीको मृत्यु भएको छ ।
हेलिकोप्टरबाट उद्धार गरि उपचारका लागि मेडिसिटि अस्पताल पुर्याईएकी बारपाक सुलिकोट गाउँपालिका वडा नं २ की २४ बर्षकी महिलाको मृत्यु भएकाे हाे ।
मृगौला र छातीको समेत समस्या भएकी युवतीकाे कोरोना परिक्षण गर्दा रिपोट नेगेटिभ आएपनि निरन्तर पखाला र शरीरमा अक्सिजनको कमी देखिएपछि उपचारका लागि काठमाडाैं लगिएकाे थियाे ।
प्रतिक्रिया