गोरखा- गोरखा नगरपालिका-१ छापथोक काठमाडौं सम्पर्क समाजद्वारा गो न पा १ वडा कार्यालय मार्फत ताप्ले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ ।
सम्पर्क समाजका प्रकाश भट्ट र कलाधर भट्टसाथै पूर्ण भट्टको उपस्थितिमा वडा अध्यक्ष हिक्मत बहादुर कुँवरमार्फत चौकीलाई हस्तान्तरण गरिएको हो ।
सर्जिकल माक्स १२५० पिस , पिपिइ ६ सेट , फेस सिल्ड ६ , सेनिटाइजर १० लिटर , ब्यानर १५ वटा , अक्सोमिटर २ थान लगायतका सामाग्रीहरु सहयोग गरिएको हो । समाजद्वारा सधै आफ्नो क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
‘कोभिड १९ महामारीले पारेको प्रभाव लाई हामी सबै मिलेर पराश्त पार्नुपर्छ’ समाजका अध्यक्ष भिमसेन भट्टले भने, ‘सबैले आ-आफ्नो गाउँलाई सुरक्षित पार्न सक्याैं भने पक्कै यो महामारीलाई जित्नेछौ ।’
प्रतिक्रिया