काठमाडौं– गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद खारेजीको माग दर्ता भएको भ्याकेट निवेदन आज (बिहीबार) पेशीमा चढको छ।
गण्डकीकाे भ्याकेट निवेदन सपना प्रधान मल्ल र कुमार चुडालकाे इजलाशमा पेशी ताेकिएकाे हाे । यसअघि चुडालकाे एकल इजलाशले अन्तरिम आदेश जारी गरेकाे थियाे।
अदालतले गरेको थापाको सांसद पथ थमौतीको विरुद्धमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभा सचिव हरिराज पोखरेल र राष्ट्रिय जनमोर्चा गण्डकीले भ्याकेट निवेदन हालेका थिए ।
यसअघि पार्टीले कारबाही गरेर प्रदेशसभाले पद खाली गराइसकेको अवस्थामा सांसद थापाको पद पुनर्बहाली गर्ने सर्वोच्चको फैसला खारेज हुनुपर्ने भन्दै बुधबार भ्याकेट निवेदन दर्ता भएको थियो।
सांसद थापाले पार्टीको ह्विप नमानेका कारण जनमोर्चाले कारबाही गरेको थियो। प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा सांसद थापा पार्टीको निर्णयविपरीत तटस्थ बसेका थिए।
गण्डकी प्रदेश सभा बैठक आज बस्दैछ । मध्याह्न १२ बजेको लागि बोलाइएको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए ।
प्रतिक्रिया