+
Search

ताजा अपडेट +

पपुलर +

बुधबार रातीदेखि नै गण्डकी प्रदेशका मन्त्री दीपक मनाङे सम्पर्कविहिन

4KNationalDaily
२०७८ जेष्ठ २७, बिहीबार १०:५८ बजे

पाेखरा- गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे सम्पर्कविहिन भएका छन् । बुधबार रातीदेखि नै उनी सम्पर्कविहिन भएका हुन् ।

मनाङेले मुख्यमन्त्रीकाे साथ छाेडेकाे समाचार विभिन्न मिडियामा प्रकाशित भएपछि उनी सम्पर्कविहिन भएका हुन् ।  विहीबार विहानैदेखि उनकाे खाेजी भैरहेकाे छ । साथिभाइ र आफन्तले सम्पर्क गर्ने प्रयास गर्दा पनि उनी फेला परेका छैनन् ।

उनले प्रयाेग गर्ने सबै माेवाईल स्वीच अफ छन् भने उनकाे स्वकीय सचिवका फाेन पनि अफ छ । मनाङेले बुधबार राति प्रदेश सभा विघटनबाट जाेगाउन आफ्नाे याेगदान रहन्छ भने त्याे प्रयास गर्ने बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily