+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी : नयाँ मन्त्रीको सपथ आजै, गृहमन्त्रीमा खगराज

4KNationalDaily
२०७८ जेष्ठ २७, बिहीबार १२:२० बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । १७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री थपेर सरकारलाई पूर्णता दिन लागिएको हो ।

मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको छ । मन्त्रिपरिषदमा सुदूरपश्चिम, कर्णाली र गण्डकीको प्रतिनिधित्व नभएकाले प्रदेशको समेत समावेशीता मिलाएर सूची तयार हुन लागेको छ । थपिने सबै मन्त्री एमालेका छन् ।

एमालेभित्र पूर्व माओवादी समूहका कम्तीमा दुईजनाले अवसर पाउने भएका छन् ।  उनले गृहमन्त्रीमा खगराज अधिकारी र रक्षामन्त्रीमा नैनकला थापालाई नियुक्त गर्दैछन्।

थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन्। त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडीलाई मन्त्री बनाउने भएका हुन्। रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily