+
Search

ताजा अपडेट +

पपुलर +

विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले संसदमा भने– एमाले बाहेकका दलले सरकार बनाउने सम्भावना छैन

4KNationalDaily
२०७८ जेष्ठ २७, बिहीबार १३:३९ बजे

पाेखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू नेतृत्वको सरकार उत्कृष्ठ प्रदेश बनाउन सफल भएको बताएका छन्। उनले गण्डकी प्रदेश संघीयताको कोशेढुंगा बनको उल्लेख गरे।

बिहीबार गण्डकी प्रदेश सभा बैठकमा विश्वासको मत माग्ने क्रममा बोल्दै मुख्यमन्त्री गुरुङले नागरिकलाई अनुभूति हुने गरी समृद्धिको आधार तयार गरेको दाबी गरे।

३९ महिनामा उत्कृष्ट कार्य भएको बताउँदै मुख्यमन्त्री गुरुङले ३.६ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण रहेको जनाए। गुरुङले निजी क्षेत्रको लगानी उत्साहवर्धक भएको बताए।

विश्वासको मत प्राप्त भए नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने बताउँदै मुख्यमन्त्री गुरुङले अन्यथा संविधान अनुसार हुने बताए। अरु दलले सरकार बनाउने सम्भावना नरहेको र त्यसको पुष्टि वैशाख २९ मा भएको भन्दै उनले आफूलाई समर्थन गर्न आग्रह गरेका थिए।

एमाले दलहरुसंग सहकार्य गर्न तयार रहेको बताउँदै उनले प्रदेश सरकार पूर्ण कार्यकाल चलोस् भन्ने आशा राखेको बताए।

LIVE-

https://www.facebook.com/egorkhasandesh/videos/542735456893169

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily