+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीमा पृथ्वीसुब्बाले दोहोर्‍याए ‘ओली शैली’ : दलीय पत्रसहित मुख्यमन्त्रीमा दाबी

4KNationalDaily
२०७८ जेष्ठ २९, शनिबार १६:१४ बजे

पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन्। उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) को पत्र पेश गर्दै मुख्यमन्त्रीमा दबी गरेका हुन्।

जसपा महन्थ ठाकुर पक्षले गुरुङलाई समर्थन गरेको पत्र केन्द्रबाट पठाएको थियो। शुक्रबार नै महन्थ ठाकुर पक्षले गुरुङलाई समर्थन गरेको पत्र पठाएको ठाकुर निकट एक नेताले बताए।

गुरुङले २७ गते संदनमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले बहुमत ३१ सांसदको हस्ताक्षर र सशरीर उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

गत जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले पार्टीको निर्णय भन्दै दिएको समर्थन सहित दाबी गरेका थिए। तर, कांग्रेस सभापति शेरबहादुर देउवाले भने बहुमत सांसद्को हस्ताक्षर सहित दाबी गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै दाबी अस्वीकार गरेकी थिइन्।

प्रधानमन्त्रीका लागि परेका दुवै दाबी राष्ट्रपतिले खारेज गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्ने सिफारिस गरेका थिए। प्रधानमन्त्री ओलीको सिफारिसानुसार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरी चुनावको मिति घोषणा गरेकी थिइन्। गण्डकीमा पनि सोही शैली दोहोरिने आशंका गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily