+
Search

ताजा अपडेट +

पपुलर +

३९ महिनापछि गण्डकीबाट सत्तामा कांग्रेस, मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त

4KNationalDaily
२०७८ जेष्ठ २९, शनिबार १७:३९ बजे

पाेखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

३९ महिना प्रमुख प्रतिपक्ष रहेको कांग्रेसलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदको समर्थन रहेकाे छ । वैशाख २ बाट मुख्यमन्त्रीको दाबी गरेका नेपाली कांग्रेसका सांसद पोखरेल दुई महिनापछि सत्ताको बागडोर सम्हालेका छन् ।

विपक्षी गठबन्धनका उम्मेदवार नेपालीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउन समर्थन गर्ने ३१ सांसदको हस्ताक्षर सनाखत भएको छ। ६० सदस्यीय प्रदेश सभाका बहुमत सदस्य उनको पक्षमा छन्।

गुरुङले जसपाको प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।

स्रोतका अनुसार गुरुङको मुख्यमन्त्री दाबीप्रति एमालेमै असन्तुष्टि थियो । माधवकुमार नेपाल समूहका इन्द्रलाल सापकोटासगै केपी शर्मा ओली पक्षका महेन्द्र थकाली र रोशन थाहा मगरले पनि गुरुङको दाबीमा असन्तुष्टि जनाएका हुन् ।

त्यसलगतै प्रदेश प्रमुख पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

को हुन् कृष्णचन्द्र ?

नयाँ मुख्यमन्त्री पोखरेल नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । उनका बुबा प्रजातन्त्र सेनानी थिए ।

२००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् ।

उनी विभिन्न आन्दोलनमा ५/६ पटक जेल परेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।

२०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले-माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित भई पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापा भन्छिन्- यो संवैधानिक अपराध हो

बाबुराम भट्टराईको टिप्पणी- ‘ओली भाइरस’ पोखरामा पनि सल्केको देखियो

जसपा संसदीय दलका नेता आचार्य भन्छन्– पृथ्बी सुब्बाले नक्कली पत्र बुझाए होलान्

गण्डकीमा पृथ्वीसुब्बाले दोहोर्‍याए ‘ओली शैली’ : दलीय पत्रसहित मुख्यमन्त्रीमा दाबी

बहुमत सांसदको हस्ताक्षर बुझाएपछि गण्डकीमा सांसदलाई सांग्रिला होटलमा राखियो

आज गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दै पोखरेल, मन्त्रीमा क–कसको सम्भावना ?

मुख्यमन्त्रीमा पोखरेलको दावी, ३९ महिनापछि गण्डकीबाट सत्ताको नेतृत्व लिँदै कांग्रेस

गण्डकी प्रदेश सभा बैठक आज, मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

गण्डकी प्रदेश सरकार ‘ओली पथ’ मा हिँडेको हरिबहादुर चुमानकाे आरोप

अब गण्डकी प्रदेशका मुख्यमन्त्री कांग्रेसका कृष्णचन्द्र पोखरेल?

गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त, पोखरेललाई मुख्यमन्त्री बन्न सहज

दिपक मनाङे भन्छन्ः विपक्षी गठवन्धनमा सामेल भएँ, अब बैकल्पिक सरकार निर्माणतिर लाग्छु

गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले संसदमा भने– एमाले बाहेकका दलले सरकार बनाउने सम्भावना छैन

बुधबार रातीदेखि नै गण्डकी प्रदेशका मन्त्री दीपक मनाङे सम्पर्कविहिन

गण्डकीका जनमोर्चा सांसदको पद थमौती गर्ने आदेशविरुद्धको भ्याकेट निवेदन पेशी चढ्यो, के होला सांसद पद?

गण्डकीका मुख्यमन्त्री संकटमा, मन्त्री मनाङेद्वारा विपक्षमा मत दिने घोषणा

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily