+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीमा नवनियुक्त मुख्यमन्त्रीले आजै शपथ लिने तयारी : हरिशरण र मनाङे पक्का, माओवादीले छान्न बाँकी

4KNationalDaily
२०७८ जेष्ठ २९, शनिबार १८:३९ बजे

पोखरा- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

उनले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाउन लागेका छन् । स्रोतका अनुसार जनता समाजवादी पार्टी (जसपा)बाट संसदीय दलका नेता हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने पक्का छ ।

मनाङेले समर्थन गरेकै कारण नयाँ सरकार गठन सम्भव भएकाले उनलाई सुरुमै मन्त्री बनाउन लागिएको एक नेताले बताए । उनलाई युवा तथा खेलकुद मन्त्रालय दिने सम्भावना छ । १६ जेठमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मनाङेलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका थिए ।

मन्त्रीको नाम टुंगो लगाउन नेकपा माओवादी केन्द्रका नेताहरु छलफलमै छन् । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चा भने सरकारमा जाने छैन ।  स्राेतका अनुसार काँग्रेसबाट मन्त्री बन्नेमा कुमार खड्का, विन्दु थापा रहेको बताइएको छ । यस्तै माओवादी केन्द्रबाट रामजी बराल, दीपक कोइराला र गायत्री गुरुङको नाम चर्चामा छ ।

सम्बन्धित समाचार

३९ महिनापछि गण्डकीबाट सत्तामा कांग्रेस, मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त

राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापा भन्छिन्- यो संवैधानिक अपराध हो

बाबुराम भट्टराईको टिप्पणी- ‘ओली भाइरस’ पोखरामा पनि सल्केको देखियो

जसपा संसदीय दलका नेता आचार्य भन्छन्– पृथ्बी सुब्बाले नक्कली पत्र बुझाए होलान्

गण्डकीमा पृथ्वीसुब्बाले दोहोर्‍याए ‘ओली शैली’ : दलीय पत्रसहित मुख्यमन्त्रीमा दाबी

बहुमत सांसदको हस्ताक्षर बुझाएपछि गण्डकीमा सांसदलाई सांग्रिला होटलमा राखियो

आज गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दै पोखरेल, मन्त्रीमा क–कसको सम्भावना ?

मुख्यमन्त्रीमा पोखरेलको दावी, ३९ महिनापछि गण्डकीबाट सत्ताको नेतृत्व लिँदै कांग्रेस

गण्डकी प्रदेश सभा बैठक आज, मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

गण्डकी प्रदेश सरकार ‘ओली पथ’ मा हिँडेको हरिबहादुर चुमानकाे आरोप

अब गण्डकी प्रदेशका मुख्यमन्त्री कांग्रेसका कृष्णचन्द्र पोखरेल?

गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त, पोखरेललाई मुख्यमन्त्री बन्न सहज

दिपक मनाङे भन्छन्ः विपक्षी गठवन्धनमा सामेल भएँ, अब बैकल्पिक सरकार निर्माणतिर लाग्छु

गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले संसदमा भने– एमाले बाहेकका दलले सरकार बनाउने सम्भावना छैन

बुधबार रातीदेखि नै गण्डकी प्रदेशका मन्त्री दीपक मनाङे सम्पर्कविहिन

गण्डकीका जनमोर्चा सांसदको पद थमौती गर्ने आदेशविरुद्धको भ्याकेट निवेदन पेशी चढ्यो, के होला सांसद पद?

गण्डकीका मुख्यमन्त्री संकटमा, मन्त्री मनाङेद्वारा विपक्षमा मत दिने घोषणा

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily