+
Search

ताजा अपडेट +

पपुलर +

दीपक मनाङेसँग भेट गरेको स्वीकार्दै बाबुराम भट्टराईले भने : जन्मजात कोही अपराधी हुँदैन

4KNationalDaily
२०७८ जेष्ठ ३०, आईतवार १०:३३ बजे

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कुनै पनि मान्छे जन्मजात अपराधी नहुने बताएका छन् ।

हालै विपक्षी गठबन्धनमा बनेको गण्डकी प्रदेश सरकारको मन्त्री बनेका राजीव गुरूङ उर्फ दीपक मनांङेसँग आफ्नो भेटबारे मिडियामा विभिन्न टीकाटिप्पणी भएपछि आइतबार भट्टराईले अन्यथा नमान्न आग्रह गरेका हुन् ।

कुनै पनि मान्छे जन्मजात अपराधी नहुने, तर समाज र राज्यले अपराधी बनाउने उल्लेख गर्दै उनले राजीव गुरूंङहरूले नयॉ जीवन र नयॉ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने भनी प्रश्न गरेका छन् ।

‘राजीव गुरूंङ अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसंग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन्। यसलाई अन्यथा मान्नु हुन्न।’ उनले भनेका छन्, ‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छ- कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज/राज्यले मान्छेलाई अपराधी बनाउॅछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ।अत:अपराध/अपराधी एक सापेक्ष अबधारणा हो।’

उनले थपेका छन् -‘रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरूंगहरूले नयाॅ जीवन र नयाॅ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने? किन पूर्वाग्रह राख्ने?’

यसक्रममा भट्टराईले २०५९-६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल/बन्दीगृहको भ्रमण गर्दा नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेको र खुला रूपमा रहनुपर्ने मान्छे जेलमा रहेको पाएको पनि उल्लेख गरेका छन् ।

आपराधिक पृष्ठभूमिका मनाङे हाल गण्डकी प्रदेश परिवर्तनका मुख्य नायक हुन् । १५ वैशाख २०७७ मा एमाले सत्ता बचाइदिएका स्वतन्त्र सासंद् मनाङेले अहिले विपक्षी गठबन्धनलाई साथ दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily